सप्तरीमा निर्वाचित एक वडा सदस्यको मृत्यु

सप्तरी, ६ जेठ । सप्तरीमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक जनप्रतिनिधिको मृत्यु भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको मृत्यु भएको हो ।
सुतिहार सुतेकै अवस्थामा शुक्रवार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।
मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको मृत्यु भएको बताइएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट विजयी सुतिहार वडा सदस्यमा ४७४ मत ल्याएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


