पोखरा महानगरपालिकाको मतगणना स्थलबाट दुईजना पक्राउ

पोखरा, ६ जेठ । प्रहरीले पोखरा महानगरपालिकाको मतगणना स्थल बाहिरबाट दुई जनालाई पक्राउ गरेको छ ।
मतगणनास्थलमा हैरानी दिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका मध्ये एकजनाको साथबाट प्रहरीले जनमत पार्टीको प्रतिनिधि परिचय पत्रको फोटोकपी बरामद गरेको छ भने अर्का एकजनाको साथबाट मिति सकिएको सुरक्षाकर्मीको परिचयपत्र भेटिएको हो ।
उनीहरुबारे वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


