काठमाडौं महानगरपालिका : बालेनलाई ११ हजार २०४ मतको अग्रता

काठमाडौं, ५ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । यहाँ अहिलेसम्म ५९ हजार ९७ मतगणना भएको छ ।
ताजा मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको लगातार अग्रता कायमै छ । बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् ।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३० मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् ।
काठमाडौंका ६, ७, २७, २, २९, ३१ र ३२ वडाको मतगणना भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


