जनकपुरधाम, ५ जेठ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनय कुमार यादवले अग्रता कायमै राखेका छन् ।

नगराइन नगरपालिका वडा नम्बर–१ देखि ८ सम्मको अहिलेसम्मको ताजा मतपरिणाम अनुसार विनयले ५ हजार ४८ मत ल्याएर अग्रता कायम राखेका हुन् ।

विनयले ५ हजार ४८ मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ४ हजार ६१२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जु कुमारी साहले ५ हजार ५२ र नेकपा एमालेकी राधा देवी यादवले ४ हजार ७७४ मत ल्याएकी छन् ।

अहिले वडा नम्बर–९ को मतगणना जारी रहेको छ ।