सिरहाको कर्जन्हामा एमालेका मेयर र जसपाका उपमेयर निर्वाचित

जनकपुरधाम, ५ जेठ । सिरहाको कर्जन्हा नगरपालिकामा नेकपा एमालेका मेयर र जनता समाजवादी पार्टीका उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा नेकपा एमालेका भोला प्रसाद पोखरेल ३ हजार ८३९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका केशव प्रसाद साहले ३ हजार २२३ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा जसपाकी लक्ष्मी कुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले ३ हजार ४८७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला कुमारी देवी पासमान ३ हजार ९५ मत ल्याएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


