जनकपुरधाम, ५ जेठ । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा एमालेका नवीन कुमार यादव निर्वाचित भएका छन् । उनले ११ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादवले ८ हजार ७३२ मत ल्याए ।

यस्तै उपमेयरमा एमालेकी बबिता कुमारी साह निर्वाचित भएकी छन् । उनले १० हजार १२६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५७७ मत ल्याएकी छन् ।