जनकपुरधाम, ५ जेठ । महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा हरिप्रसाद मण्डल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ४ हजार ३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका मो. मुजिबुल रहमानले २ हजार ६७४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ८९७ र माओवादी केन्द्रका कमलेश मण्डलले १ हजार ४०१ मत पाएका छन् ।

उपमेयरमा पनि लोसपाकै मञ्जु देवी निर्वाचित भएकी छन् । उनले ३ हजार ८६४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी जिवछी देवी यादवले २ हजार ७५१ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेकी रिता देवी नायकले १ हजार ६९८ र माओवादी केन्द्रकी कल्यानी देवी रायले १ हजार ५३६ मत पाएकी छन् ।