शहीदनगरमा जसपाका मेयर र कांग्रेसका उपमेयर निर्वाचित

जनकपुरधाम, ५ जेठ । धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा जसपाका दिनेश प्रसाद यादव निर्वाचित भएका हुन् । उनले ५ हजार ७४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिर कुमार गोईतले ४ हजार १०५ मत प्राप्त गरेका हुन् । निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मतमा सिमित भएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनले ४ हजार ९३१ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


