बटेश्वर गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

जनकपुरधाम, ४ जेठ । धनुषाको बटेश्वर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएका हुन् । उनले ४ हजार १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्याम सुन्दर महतोले ३ हजार ३७ मत ल्याए ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह निर्वाचित भएकी छन् । उनले ३ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रेणु कुमारीले २ हजार ९५७ मत ल्याएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


