जनकपुरधाम, ४ जेठ । जनकपुरधाममा सप्ताहव्यापी रामकथा प्रवचन हुने भएको छ ।

जेठ ७ गतेदेखि १५ गतेसम्म हुने रामकथा प्रवचन कार्यक्रममा मोरारी बापुले रामकथा प्रवचन दिनेछन् ।

मोरारी बापुद्वारा श्री रामकथा प्रवचन कार्यक्रम जनकपुरधामको तिरहतिया गाछीमा आयोजना हुने रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष एवं जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा महन्थ दासले सात दिनसम्म हुने रामकथामा नेपाल भारत लगायत विभिन्न ठाउँबाट प्रतिदिन १० हजार बढी श्रद्धालुहरु सहभागी हुने बताए ।

उनले धार्मिक धारावाहिक रामायणमा अभिनय गरेका धेरै कलाकारहरु आउने सम्भावना रहेपनि सीताकी भूमिका निर्वाह गरेकी दिपिका चिखलियाको जनकपुरधामा आउने बढी सम्भावना रहेको बताए ।

प्रवचन कार्यक्रम ७ गते शनिवार साँझ ४ देखी ७ बजेसम्म हुने भएको छ ।

त्यस्तै जेठ ८ गते आइतवार देखी १५ गतेसम्म विहान १० देखी १:३० बजेसम्म प्रसाद (भोजन) सम्पूर्ण श्रद्धालुहरुलाई भक्तजनका लागि १२:३० बजेसम्म हुने जनाएका छन् ।