जनकपुरधाम, ४ जेठ । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत ल्याएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकै शकुन्तला देवी निर्वाचित भएकी छन् । उनले ५ हजार ७४५ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्मला कुमारी सिंह देवीले ४ हजार ८४२ मत ल्याएकी हुन् ।