जनकपुरधाम, ४ जेठ । सिरहाको अर्नमा गाउँपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा अशोक कुमार यादव निर्वाचित भएका हुन् । उनले ३ हजार २३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चन्देश्वर मण्डलले २ हजार ८१० मत ल्याए ।

यस्तै उपाध्यक्षमा शोभा कुमारी साह निर्वाचित भएकी छन् । उनले ३ हजार १५९ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रामपुकारी देवी कोइरिनले २ हजार ९५७ मत ल्याइन् ।