सर्लाहीको विष्णुमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जनकपुरधाम, ४ जेठ । सर्लाहीको विष्णु गाउँपालिकाका नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।
अध्यक्षमा कांग्रेसका जवाहरलाल यादव निर्वाचित भएका हुन् । उनले ३ हजार २११ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विजय कुमार यादव ३ हजार ८० मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै उषा देवी निर्वाचित भएकी हुन् । उनले २ हजार ९४९ मत ल्याइन । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी सुनिता देवी जसवालले २ हजार ४७० मत ल्याइन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


