सर्लाहीको पर्सामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जनकपुरधाम, ४ जेठ । सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा धिरेन्द्र राय निर्वाचित भएका हुन् । उनले २ हजार ४६६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका दिनेश कुमार यादवले १ हजार ८५८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी नुतन देवीले २ हजार ३९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी नसरुल खातुनले १ हजार ९४१ मत ल्याइन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


