सर्लाही, ४ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३ हजार ९९५ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा गीता देवी महतोले ३ हजार ८६० मत ल्याएर विजयी भएका छन् ।

महतोका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदरवार लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २ हजार ९५८ मत प्राप्त गरेकी चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिए ।