बसबरीया गाउँपालिकाको अध्यक्षमा रामसिहासन निर्वाचित

सर्लाही, ४ जेठ । सर्लाहीको बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले जित निकालेको छ ।
जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका छन् ।
रायले ४ हजार ९४६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा सरिता कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भएकी छन् ।
रामसिहासनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदरवार रामअयोध्या यादवले २ हजार ८७१ मत प्राप्त गरे भने उपाध्यक्षमा सरिता कुमारीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार निभा कुमारी साहले ३ हजार २३३ मत प्राप्त गरेकी छन् । योसँगै सर्लाहीमा १२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये नेपाली कांग्रेसले ९ पालिकामा जित निकालेको छ । माओवादी केन्द्रले दुई पालिकामा जित निकालेको छ भने जसपाले १ पालिकामा जित निकालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


