सप्तरी, ४ जेठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जीत निकाल्दै जनमत पार्टीले खाता खोलेको छ ।

जनमत पार्टीका बिरेन्द्र माझी ६ हजार ४०७ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शैलेशकुमार साहले ६ हजार २४६ मत ल्याएका हुन । निवर्तमान नगरप्रमुख समेत रहेका साहलाइ माझीले १६१ मतको अन्तरले पराजित गरेका हुन । साह मधेस प्रदेशको सामाजिक विकास मन्त्री नवलकिशोरका छोरा हुन ।

त्यस्तै नगर उपप्रमुखमा जसपाकी सरिता देवी यादव सिपालिया ६ हजार ५१२ मत ल्याएर निर्वाचित भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डल ५ हजार ९८२ मत ल्याएकी हुन ।