धनुषाको मुखियापट्टीमा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

जनकपुरधाम, ४ जेठ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
बुधवार आएको मतपरिणाम अनुसार जसपाका जयकुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए ।
यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


