सर्लाहीको बसबरियामा जसपाको जित

जनकपुरधाम, ४ जेठ । सर्लाहीको बसबरिया गाउँपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा राम सिहासन राय निर्वाचित भएका हुन् । उनले ४ हजार ९४६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम अयोध्या यादवले २ हजार ८७१ मत ल्याए ।
यस्तै उपाध्यक्षमा जसपाकी सरिता कुमारी ४ हजार ७९५ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निभा कुमारीले ३ हजार २३३ मत ल्याइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


