मनरा सिस्वा–५ को वडाध्यक्षमा जसपाका अन्सारी निर्वाचित

जनकपुरधाम, ३ जेठ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–५ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।
जसपाको वडाध्यक्षका उम्मेदवार हदिस अन्सारी निर्वाचित भएका हुन् ।
अन्सारी ४६१ मतको अन्तरले निर्वाचित भएका छन् । अन्सारीले ७९३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र यादव ३३२ मतमा सिमित भए ।
त्यस्तै, लोसपाका समसाद अन्सारीले २१४ मत ल्याएका छन् भने नेकपा एमालेका रामप्रताद साहले भने १७४ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


