जनकपुरधाम, ३ जेठ । सप्तरीको सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर विजयी भएका छन् ।

मंगलवार आएको मतपरिणाम अनुसार मेयरमा कृष्ण प्रसाद ढकाल ४ हजार ४६९ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उत्तम कुमार शर्मा २ हजार ९६७ मत ल्याए ।

यस्तै उपप्रमुखमा कांग्रेसकै रिता कुमारी चौधरी ३ हजार ९५८ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेकी संगिता कुमारी चौधरीले ३ हजार २ सय मत ल्याएकी हुन् ।