काठमाडौं महानगरपालिका : बालेन शाहको अग्रता फराकिलो

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।
काठमाडौं महानगरमा अहिलेसम्म ३२ हजार ३०२ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
उनले आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ५ हजार ८४७ मतान्तरले अगाडि छन् । उनले १२ हजार ५५३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६७०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५ हजार ९५७ मत पाएकी छन् । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


