राजापुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित

बर्दिया, ३ जेठ । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका दिपेश थारु निर्वाचित भएका छन् ।
उनी ९ हजार ८०७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शहले ९ हजार ७६० मत ल्याएका छन् । त्यस्तै नेकपा एमलेका पहारी चौधरीले ६ हजार ७२ मत पाए ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकला कुमारी चौधरी निर्वाचित भएकी छन् ।
उनले १० हजार ८६ मत पाएकी छन् । त्यस्तै नेपाली कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत पाइन् भने एमालेकी सावित्री शर्मा बख्रेलले ५ हजार ४२२ मत पाइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


