मुखियापट्टीमा जसपाका जयकुमारको अग्रता

जनकपुरधाम, ३ जेठ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार जयकुमार यादवले अग्रता कायमै राखेका छन ।
ताजा मत परिणाम अनुसार यादवले २ हजार ९४० मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसका रामबाबु यादवले १ हजार ७३० मत ल्याएर पछ्याइरहेका छन ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार शुसिल कुमार यादवले १ हजार १४० मत ल्याएका छन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


