चितवन, ३ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

अहिलेसम्म २० हजार २८८ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २७३ मतले अगाडि छन् ।

उनले ६ हजार ८७० मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३५३ मत ल्याएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ३५३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत पाएकी छन् ।