धनुषामा दाजुभाईबीच विवाद हुँदा गोली चल्यो, ११ जना पक्राउ

जनकपुरधाम, ३ जेठ । धनुषामा दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ ।
जिल्लाको नगराइन नगरपालिका वडा नम्बर–८ स्थित अकौराका जामुन पासवान र नसिब पासवानबीच घरायसी विवाद हुँदा सोमबार राति गोली चलेको प्रहरीले जनाएको छ ।
दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।
यता घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका लागि ११ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


