बटेश्वर–३ मा काँग्रेस प्यानलसहित निर्वाचित

जनकपुरधाम, ३ जेठ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ मा नेपाली काँग्रेस पुरै प्यानलसहित विजयी भएका छन् ।
नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार राममणि कुशवाहा पुरै प्यानल सहित निर्वाचित भएका हुन् ।
कुशवाहा ८५ मतान्तरले निर्वाचित भएका छन् । कुशवाहा ६५६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी निवर्तमान वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार हिरालाल महतो ५७१ मतमा सिमित भए ।
यसअघि २०७४ को निर्वाचनमा महतोले कुशवाहालाई ७४ मतले पाराजित गरेका थिए ।
यस निर्वाचनमा कुशवाहाले महतोलाई ८५ मतले पराजित गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


