महोत्तरीको मनरा सिस्वामा कांग्रेसका उम्मेदवार पाण्डेय ११ सय मतले अगाडि

महोत्तरी, ३ जेठ । महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहन पाण्डेयको अग्रता कायम रहेको छ ।
पाण्डेयले ५ हजार ४०६ मत ल्याउँदा जसपाका उम्मेदवार महेन्द्र रायले ४ हजार २७९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
लोसपाका संजय कुमार सिंहले २ हजार २३९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीले २ हजार १६५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी शकुन्तला देवीले ५ हजार ३७३ मत ल्याएकी छन् । जसपाकी निर्मला कुमारी देवी सिंहले ४ हजार १४५, लोसपाकी रमिता प्रधानले २ हजार ३२८ र नेकपा एमालेकी पुष्पा कुमारीले २ हजार २०४ मत प्राप्त गरेकी छन् ।
मनरा सिस्वा नगरपालिकाको वडा नम्बर–१, २, ३, ४, ५, ७, ८, ९ र १० को मतगणना सम्पन्न भइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


