जनकपुरधाम, ३ जेठ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य स्थगित भएको छ ।

दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर–५ को क्षिरेश्वर मा.वि.(ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत बस्नेतले बताए ।