भरतपुर महानगरमा फेरि रेणुले विजयलाई उछिनिन्

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक देखिएको छ । यहाँ १५ हजार ०३१ मत गन्दा पुनः नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
ताजा मतपरिणामअनुसार रेणुको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग १२ मतको अन्तर छ ।
रेणुले ५ हजार ३९ मत ल्याउँदा एमालेका सुवेदीले ५ हजार २७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३५५ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा चित्रशेन अधिकारीले ६ हजार ४३ मतसहित अग्रता लिएका छन् भने हिमला गुरुङले ४ हजार ४२ मतसहित पछ्याइरहेकी छन् । हाल वडा नम्बर ५ को मतगणना चलिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


