महोत्तरी, २ जेठ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–९ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शशि भुषण झा निर्वाचित भएका छन् ।

लोसपाका उम्मेदवार झा ४४९ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका कारी कापरले ४२० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार बलीराम रायले ३६६ मत ल्याएका छन् भने नेकपा एमालेका मनोज कुमार झाले १०१ मत प्राप्त गरेका हुन् ।

सो वडामा कुल १ हजार ३८६ मत खसेको थियो ।