सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

सिरहा, २ जेठ । चार वडासहित सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका उग्रनारायण ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन् ।
यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए ।
गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव ३ हजार ९६० मत ल्याएर विजयी भएकी छन् ।
उनका निकटम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मत मात्र ल्याउन सकिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


