मिथिला नगरपालिका–४ को वडाध्यक्षमा काँग्रेसका तामाङ्ग प्यानलसहित निर्वाचित

जनकपुरधाम, २ जेठ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।
काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार चन्द्रबहादुर बुलन तामाङ्गसहित सम्पूर्ण सदस्यहरु निर्वाचित भएका हुन् ।
चन्द्रबहादुर ५५ मतान्तरले निर्वाचित भएका छन् ।
उनको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका बिष्णु खदाल थिए । खदाल अघिल्लो पटक एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
विजयी भएका काँग्रेसलाई मौन अवधिको अघिल्लो दिन जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रबीच स्थानीय तहमा बनेको चुनावी गठबन्धनले समर्थन गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


