महोत्तरी, २ जेठ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।

माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार राजबाबु यादव ११२ मतान्तरले निर्वाचित भएका हुन् । उनले ६८० मत ल्याएका छन् ।

यादवको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोदन कुमार साहले ५६८ मत ल्याएका हुन् ।