बलबा नगरपालिका–११ को वडाध्यक्षमा माओवादी केन्द्रका अशोक विजयी

महोत्तरी, २ जेठ । महोत्तरीको बलबा नगरपालिका वडा नम्बर–११ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक कुमार यादव विजयी भएका छन् ।
माओवादी केन्द्रबाट यादवले ८३३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का मकसुद शेषले ४८९ मत ल्याएका छन् ।
यादव ३४४ मत अन्तरले विजयी भएका हुन् ।
लामोसमयदेखि लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय यादवलाई पार्टीले टिकट नदिएपछि माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


