जनकपुरधाम, १ जेठ । धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका अशेश्वर यादव विजयी भएका छन् ।

अशेश्वरले ८९६ मत ल्याएर निर्वाचित भएका हुन् । वडा सदस्यहरुमा पनि कांग्रेसकै ४ जना उम्मेदवारहरु विजयी भएका छन् ।

महिला सदस्यमा सकिना खातुनले ८७९, दलित महिला सदस्यमा बेचनी कुमारी दासले ८९६ र सदस्यमा रामअशिष चौधरीले ८७२ मत पाएका छन् ।

औरही गाउँपालिकाको एक सदस्य पदमा भने नेकपा एमालेका भुप नारायण यादवले ८६६ मत ल्याएर निर्वाचित भएका छन् ।