महोत्तरी, १ जेठ । महोत्तरीको मटिहानी नगरपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्यानल सहित विजयी भएको छ ।

लोसपाका शिवशंकरकुमार राय ३७८ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना निकटमत प्रतिद्वन्दी भन्दा १६६ मतको अन्तरले निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिचन्द्र साहले २१२ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद बसिर राईनले १८१ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका छन् ।