सप्तकोसी–२ को वडाध्यक्षमा एमालेका जाहिर हुसेन प्यानल सहित विजयी

सप्तरी, १ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर–२ को वडाध्यक्षमा नेकपा एमालेका जाहिर हुसेन प्यानल सहित विजयी भएका छन् ।
हुसेनले ४६८ मत ल्याई विजयी भएका हुन् । हुसेनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मधुकर चौधरीले ३४८ मत प्राप्त गरेका छन् ।वडा सदस्यहरुमा पनि एमालेकै उम्मेदवारहरु विजयी भएका छन् ।
वडा नम्बर–२ को मतपरिणाम अनुसार मेयरमा कांग्रेसका कृष्ण प्रसाद ढकालले १ हजार ४२७ मत पाएका छन् भने एमालेका उत्तमकुमार शर्माको ८९९ मत आएको छ ।
यस्तै उपमेयरमा कांग्रेसकी रिताकुमारी चौधरी १ हजार १२१ मत ल्याएकी छन् भने एमालेकी संगिता चौधरीले ९०० मत प्राप्त गरेकी छन् ।
सप्तकोसी नगरपालिकामा १५ हजार ४२१ मत रहेकोमा ११ हजार ५०२ मत खसेको थियो । वडा नम्बर–२ मा जम्मा १ हजार २४७ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


