काठमाडौं महानगरमा स्थापितभन्दा बालेन झण्डै दोब्बर मतले अगाडि

काठमाडौं, १ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) अघि छन् ।
काठमाडौंको पछिल्लो मतगणनाको ताजा मतपरिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितभन्दा बालेन शाह झण्डै दोब्बर मतले अगाडि छन् ।
बालेनले ३ हजार ८३४ प्राप्त गर्दा उनलाई पछ्याइरहेका स्थापित १ हजार ९९६ मत पाएका छन् । जसअनुसार १ हजार ८३८ मतले बालेन केशव स्थापित भन्दा अगाडि छन् ।
त्यस्तै, तेस्रो स्थानमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंह छन् । उनले १ हजार ८०२ मत प्राप्त गरेकी छन् । अहिले काठमाडौं महानगरका ६ वटा वडाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


