काठमाडौं महानगरपालिकामा बालेनले निरन्तर अग्रता बढाउँदै

काठमाडौं, १ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणनाको ताजा परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता बढाउँदै लगेका छन् ।
शाहले २ हजार ८२० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । उनले १ हजार ५०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहको १ हजार ४४९ मत प्राप्त भएको छ । अहिले ६ वटा वडाको मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका–३१ को मतगणना सुरु भएको हो । यसअघि काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


