जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता

बारा, १ जेठ । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको शुरुआती अग्रता कायम रहँदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा एमालेको अग्रता कायमै छ ।
जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेको नगर प्रमुखमा सरस्वती चौधरीले २ हजार २७६ मत तथा उपप्रमुखमा एमालेकै भोला अधिकारीले २ हजार ४२० मत प्राप्त गरेका छन् ।
यस्तै, उपमहानगरको प्रमुखमा लोसपाका सञ्जय साह १ हजार २६८ तथा उपप्रमुममा लोसपाकै बिपी मोक्तानले १ हजार १७२ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रमुख राप्रपाका माधवप्रसाद त्रिपाठीले १३३, राप्रपाकै उपप्रमुखमा सुष्मा मिश्रले १५५ मत ल्याएका छन् ।
त्यसैगरी, कलैया उपमहानगरमा एमालेका विनोद साहले प्रमुखमा १ हजार २९५, उप्रप्रमुखमा एमालकै रौसन प्रवीणले १ हजार १८ तथा गठबन्धनबाट कांग्रेसबाट प्रमुखमा राजेश राय यादवले ७१७, गठबन्धनकै जसपाबाट उपप्रमुखमा प्रमोद गुप्ताले ७४० मत प्राप्त गरे ।
त्यस्तै लोसपाबाट प्रमुखका उम्मेदवार जयप्रकाश साहले ४२ तथा उपप्रमुखमा नासरिन नाजले ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


