काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार उनले २६०१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले १४१५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १३५९ मत ल्याएकी छन् ।

अहिले काठमाडौं–१, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ । सबै वडामा बालेनले अग्रता कायम गरेका छन् ।