जनकपुरधाम, १ जेठ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

वडायक्षमा कांग्रेसका अशोक कुमार महतोले ५५२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एककीकृत समाजवादीका रामअशिष महतोले ३९० मत मात्र ल्याउन सफल भए ।

तेश्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका प्रमेश्वर महतोले ३३१ म्त मात्र ल्याए ।

यसअघि पनि २०७४ को निर्वाचनमा सो वडामा कांग्रेसबाट शैलेन्द्र कुमार महतो विजयी भएका थिए ।