जनकपुरधाम–२ मा पनि कांग्रेसको प्यान नै विजयी

जनकपुरधाम, १ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२ मा पनि नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।
आइतवार आएको मतपरिणाम अनुसार जनकपुरधाम–२ मा कांग्रेसका शिव कुमार साह ६११ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, नेकपा एमालेका संतोष कुमार साहले १५७ मत ल्याएका हुन् ।
यस्तै कांग्रेसबाटै महिला सदस्यमा सिता देवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्यमा अमित कुमार साह ४९९ र महेश खत्वेले ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ ।
यसअघि वडा नम्बर–१ मा समेत कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


