जनकपुरधाम, १ जेठ । धनुषामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

धनुषाको कमला नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मतान्तरसहित विजयी भए ।

जसपाका राजकुमारले ५६५ मत ल्याएका छन् ।