पर्सा, १ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारहरु विरोधमा उत्रेका छन् ।

पर्साका पत्रकारहरुले मतगणना स्थलमा पेन डाउन गरेर विरोध जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचनाको लागि पटक–पटक सम्पर्क गर्न खोज्दा पनि कुनै चासो नलिएको र सूचना नदिएको भन्दै पत्रकारहरुले पेन डाउन गरेका हुन् ।