बर्दिवास नगरपालिका–८ को वडाध्यक्षमा माओवादीका शमशेरसिंह लामा विजयी

महोत्तरी, ३१ बैशाख । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी भएका छन् ।
बर्दिवास नगरपालिकाको वडा नम्बर–८ को अन्तिम मतपरिणाम अनुसार लामा वडाध्यक्षमा ७५३ मत ल्याएर विजयी भएका हुन् ।
बर्दिवासको निर्वाचन कार्यालयका अधिकृत भुपेन्द्र सापकोटाले उनी विजयी भएको घोषणा गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् ।
शुक्रबार राति २ बजेबाट बर्दिवास सेवा समितिको हलमा मतगणना सुरु भएको थियो । ३ हजार ६०५ मतदाता रहेको बर्दिवास–८ मा कुल २ हजार ५६२ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


