सर्लाहीमा मतगणनाको रिपोर्टिङ्गको क्रममा पत्रकारमाथि दुर्व्यवहार

सर्लाही, ३१ बैशाख । सर्लाहीको लालबन्दीमा मतगणनाको रिपोर्टिङ्ग गर्ने क्रममा सुरक्षाकर्मीले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
शनिबार निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको कम्पाउण्डमा प्रवेश गरि रिपोर्टिङ्ग गर्न पुगेका राष्ट्रिय समाचार समिति(रासस) तथा सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता शंकर पहाडीमाथि सुरक्षाकर्मीहरुले दुर्व्यवहार गरेका हुन् ।
निर्वाचन आचारसंहिता अनुसार आफुले रिपोर्टिङ्ग गर्न कम्पाउण्ड भित्र प्रवेश गर्ने क्रममा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पहाडीमाथि सुरक्षाकर्मीहरुले दुर्व्यवहार गरेका थिए ।
दिउँसो केही समय मतगणना स्थलबाट रिपोर्टिङ्गका लागि भित्र जान खोज्दा एकजना प्रहरी हबल्दार र सिपाहीले माथिको निर्देशन भन्दै क्यामेरा तथा मोवाईल खोस्ने प्रयास गरेको उनले गुनासो सुनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


