बारा, ३१ बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् ।

अन्सारीले ७ सय ८७ मत ल्याएर विजयी भएका हुन् । दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कलामुदिन मियाँ अन्सारी भए ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारीअनुसार वडाध्यक्षसँगै नेपाली कांग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरु पनि निर्वाचित भएका छन् । यसअघि नै नेकपा एमालेबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।