पर्सा, ३१ बैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।

वडा नम्बर ३१ को १५० मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।